

माननीय शिक्षा तथा खेलकुद मन्त्री एवं पोखरा विश्वविद्यालयका सह- कुलपति श्री सस्मित पोखरेलज्यूबाट मिती २०८३ असोज १४ गते पोखरा विश्वविद्यालय अस्पतालको निरीक्षण भ्रमण सम्पन्न भयो । पोखरा विश्वविद्यालयका निर्देशक डा. सि.पि. आचार्यज्यूले अस्पतालमा माननीय मन्त्रीज्यूको स्वागत गर्नु भएको थियो । सो अवसरमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. देबेन्द्र अधिकारी ,रजिस्ट्रार प्रा.डा. निर्मला जम्मर कट्टेल , स्वास्थ्य विज्ञान संकायका डीन सह प्राध्यापक डा. डमरु प्रसद पनेरु समेतको उपस्थिति थियो । निरीक्षण भ्रमणको क्रममा मन्त्रीबाट हाल अस्पतालबाट प्रदान गरिएको सेवाको अवलोकन गर्नुका साथै अस्पतालको सेवा बिस्तारको बारेमा विश्वविद्यालयका उपकुलपती, रजिस्ट्रार, डीन एवं अस्पतालका निर्देशकसँग गहन छलफल गर्नु भयो ।

