
पोखरा विश्वविद्यालयको स्कुल अफ हेल्थ एण्ड एलाईड साइन्समा अध्ययनरत विद्यार्थीहरूले अस्पताल पोस्टिङअन्तर्गत पोखरा विश्वविद्यालय अस्पतालमा आफ्नो व्यावहारिक अध्ययन तथा प्रशिक्षणलाई निरन्तरता दिइरहेका छन्। पोस्टिङका क्रममा विद्यार्थीहरूले स्वास्थ्य सेवा प्रवाह, बिरामीको हेरचाह तथा विभिन्न स्वास्थ्यसम्बन्धी गतिविधिहरूको प्रत्यक्ष अवलोकन र अभ्यास गर्ने अवसर प्राप्त गरिरहेका छन्।
.
. 
विद्यार्थीहरूको शैक्षिक ज्ञानलाई व्यावहारिक सीपसँग जोड्दै उनीहरूलाई भविष्यका लागि दक्ष र जिम्मेवार स्वास्थ्यकर्मीका रूपमा तयार पार्ने उद्देश्यले अस्पताल पोस्टिङ सञ्चालन हुँदै आएको छ।
