पोल्याङ्गमा भएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित

05/05/2025

श्री जनता माध्यमिक विद्यालय, रुपा- ३, पोल्याङ्गमा भएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित भएका छन् ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पताल द्वारा आयोजित उक्त निशुल्क शिविरमा फिजिसियन सेवा, प्रसुति तथा स्त्रीरोग परिक्षण, हाडजोर्नी तथा नशा रोग परिक्षण, बाल रोग परिक्षण, इ.सि.जी, आधारभूत निःशुल्क औषधि सेवा, भिडियो एक्सरे, दन्त परिक्षण, रगत तथा पिसाब जाँच, फिजियोथेरापी तथा जनचेतना कार्यक्रम  भयो।

सो शिविरमा श्री जनता माध्यमिक विद्यालय प्राध्यापक – उदयराज ढुङ्गाना, पोखरा विश्वविद्यालय उपकुलपति – प्रा डा. बेद राज केसी, रजिस्ट्रार सह- प्रा डा. अजय थापा, डिन स्वास्थ्य विज्ञान संकायका डा. अमर नागिला, हस्पिटल निर्देशक सह- प्रा डा. दिपेन्द्र कुमार यादवको सहभागिता रहेको थियो।

शिविरमा  ४० जना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलि रहेको थियो। पोखरा विश्व बिद्यालयले हरेक वर्ष निशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ।

News : https://healthnewsnepal.com/news/free-health-camp-7/