स्वास्थ्य मन्त्रीद्वारा अस्पतालको निरीक्षण तथा अनुगमन 

03/02/2026

 

पोखरा — गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय कृष्णप्रसाद पाठकज्यूको नेतृत्वमा आज मिति २०८२ माघ २० गते पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निरीक्षण तथा अनुगमन सम्पन्न भएको छ।
निरीक्षणका क्रममा माननीय मन्त्रीज्यूसँग अस्पतालका निर्देशक डा. सी. पी. आचार्य तथा स्वास्थ्य विज्ञान सङ्काय, पोखरा विश्वविद्यालयका डीन प्रा. डा. विष्णुराज तिवारीबीच अस्पतालको सेवा प्रवाह, वर्तमान अवस्था र भावी विकास योजनाका विषयमा छलफल भएको थियो।
सो अवसरमा मन्त्री पाठकज्यूले अस्पतालले स्वास्थ्य सेवा विकास र विस्तार गर्दै लगेकोप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा अस्पतालको सेवा अझ प्रभावकारी र व्यापक रूपमा विस्तार हुने विश्वास व्यक्त गर्नुभयो।