Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260825 [compare] => > [type] => NUMERIC ) ) )

अस्पतालद्वारा स्वास्थ्य शिविर आयोजना

11/02/2026

पोखरा, फाल्गुण — पोखरा विश्वविद्यालयको २१औं दिक्षान्त समारोहको पावन अवसरमा पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले विशेष स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। अस्पताल प्रशासनका अनुसार शिविर मिति २०८२ फाल्गुण १ गतेदेखि चैत १ गतेसम्म आफ्नै अस्पताल परिसरमा सञ्चालन गरिनेछ। शिविर अवधिभर विभिन्न विशेषज्ञ सेवा उपलब्ध गराइने अस्पतालले जनाएको छ। यस अन्तर्गत छाती रोग उपचार सेवा, हाडजोर्नी तथा नशा रोग उपचार सेवा, स्त्री तथा प्रसुती रोग उपचार सेवा, बाल रोग उपचार सेवा, छाला रोग उपचार सेवा, मनोरोग उपचार सेवा तथा नाक–कान–घाँटी रोग उपचार सेवा समावेश छन्। साथै, भिडियो एक्स–रे तथा शल्यक्रिया सम्बन्धी उपचार सेवासमेत प्रदान गरिने जानकारी दिइएको छ। अस्पतालका अनुसार शिविरमा ओ.पि.डि. सेवा पूर्ण रूपमा निःशुल्क रहनेछ। औषधी बाहेक बेड चार्जदेखि अन्य उपलब्ध सेवा शुल्कमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ। यस कार्यक्रमबाट सेवाग्राहीलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखिएको अस्पताल प्रशासनले स्पष्ट पारेको छ। स्वास्थ्य शिविरको प्रभावकारी सञ्चालन तथा अधिकतम नागरिकसम्म जानकारी पुर्याउन सम्बन्धित स्थानीय निकाय, सामाजिक संघ–संस्था तथा सरोकारवालालाई आवश्यक समन्वय र सहयोगका लागि अस्पताल प्रशासनले अनुरोध गरेको छ। अस्पतालले शिविरबाट समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि हुनुका साथै समयमै रोग पहिचान र उपचारमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।