Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260825 [compare] => > [type] => NUMERIC ) ) )

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा ECHS सेवा उद्घघाटन 

20/03/2026
पोखरा, चैत्र ६ — पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा भारतीय भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना (Ex-servicemen Contributory Health Scheme – ECHS) सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ।
आज बिहान ११ बजे आयोजित एक समारोहका बीच उक्त सेवाको उद्घाटन गरिएको हो। कार्यक्रममा पोखरा विश्वविद्यालयका रजिस्ट्रार डा. अजय थापा र भारतीय राजदूतावास अन्तर्गत पेन्सन वितरण केन्द्र, पोखराका इन्चार्ज कर्णेल चित्राञ्जल सावले संयुक्त रूपमा रिबन काटी ECHS काउन्टर उद्घाटन गर्नुभयो।
उद्घाटन कार्यक्रममा बोल्दै वक्ताहरूले ECHS सेवाले भारतीय सेनाबाट अवकाश प्राप्त भूतपूर्व सैनिक तथा उनका आश्रितहरूलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा ECHS कार्यक्रमका प्रमुख मेजर डा. अश्विन नारायणकार, गोर्खा ब्रिगेड नेपालका चियरमेन कर्णेल के.बी. खत्री, पोखरा विश्वविद्यालयका रजिस्ट्रार डा. अजय थापा तथा विज्ञान तथा प्रविधि संकायका डीन बुद्धिराज जोशीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। साथै पोखरा  विश्वविद्यालयका विभिन्न संकायका डीनज्यूहरू , कार्यकारी परिषद्का सदस्यज्यूहरू, अस्पताल ब्यबस्थापन समितिका सदस्यज्यूहरु तथा विश्वविद्यालय का नर्सिङ फ्याकल्टीहरुको पनि उपस्थिति रहेको थियो।
पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक डा.  सि. पि. आचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन अस्पतालकी स्टाफ नर्स अस्मिता खत्रीले गर्नुभएको थियो। कार्यक्रममा यस क्षेत्रका भारतीय सेनाबाट अवकाश प्राप्त भूतपूर्व सैनिकहरूको बाक्लो उपस्थिति रहेको थियो।

 

नवप्रारम्भ गरिएको यस सेवाले पोखरा क्षेत्रका भूतपूर्व सैनिक समुदायलाई स्वास्थ्य सेवामा थप पहुँच र सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।